पोखरा विमान दुर्घटना : यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु,३० भन्दा बढी शव निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ।

विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।

बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

यी हुन् यात्रु

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।