बैकुण्ठ घिमिरेको स्वरमा ‘माया लाइन्छ’ सार्वजनिक (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक बैकुण्ठ घिमिरे र रिज्योना कार्कीको स्वरमा नयाँ लोकगीत ‘माया लाइन्छ’ सार्वजनिक भएको छ। विजि ईन्टरटेन्मेट अफिसियल यट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। 

पुरुषोतम दाहालको निर्देशन रहेको म्युजिक भिडियोमा दुई मुख्य पात्र शुरज राज कुँवर र निरुता खनाललाई विशेष अवतारमा प्रस्तुत गरिएको छ।

भिडियोमा जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको उमेर पाको पात्रको यथार्थपरक कथा प्रस्तुत गरिएको छ । 

सार्वजनिक गीतको शब्द तथा संगित स्वयम गायक बैकुण्ठ घिमिरेले गरेका छन् ।

यस्तै, कपिल राना र घमन राना मगरले म्युजिक एरेन्ज गरेको उक्त गितको भिडियोलाइ रोशन गाहा मगरले कलर सम्पादन गरेका छन। 

भिडियोमा कलाकारद्वय राज कुमार खनाल,प्रेम सिंह मोक्तान, विकास सिंह,राजन श्रेष्ठ,दिपक घिमिरे,राज कुमार भट्ट,राज कुमार थापा,लिला नेपाली,वर्षा नेपाल लगायतको अभिनय हेर्न सकिन्छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।