गायिका आस्था राउतलाई धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा रिहा भएकी छिन् ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हो । 

गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतविरुद्ध  माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।