क्वारेन्टाइन व्यवस्थापनामा खटिएका वडा अध्यक्षको मृत्यु, स्वाब परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरि रहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति करिब १२ बजे उनको मृत्यु भएको हो । सोही वडामा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए। ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउने क्रममा मृत्यु भएको हो । 

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ। अस्पतालले शवको पोस्ट मार्टम गरेर कोरोना परीक्षणको प्रक्रिया समेत अघि बढाउने बताइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।