थप १९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६०३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या ६०३ पुगेको बताए । उनले नुवाकोटसहित देशका ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिए ।

नुवाकोटमा एक जनालाई पहिलो पटक कोरोना संक्रमण देखिएको हो । आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संख्या छ सय नाघेको हो । 

देवकोटाले संक्रमित हुनेमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा संक्रमण देखिएको बताए । त्यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको छ । आजसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । 

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढि निको भएर फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।