पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी ।  पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ। 

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए।

गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए। 

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो। रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।