काठमाडौं ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ । 

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै  प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर निर्वाचित भएका हुन्। 

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् ।

०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।