काठमाडौं । बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका छन् ।
आज बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।
जिपमा चालक सहित १३ जना सवार रहेका थिए।
Comment