काठमाडौं । उपत्यकामा ५ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार काठमाडौं जिल्लामा ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्।
ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।
Comment