काठमाडौं । नेपाल टेलिकम वर्कर्स यूनियनको ११ औं केन्द्रिय महाधिवेशन धनगढीमा हुँदैछ ।
सत्तारुढ कांग्रेस निकट वर्कर्स युनियनको महाधिवेशन असोज २७ देखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो।
अधिवेशनमा अबको पालो युवाको भन्दै अच्यूत कुमार ओझाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
श्रमशक्ति नै राष्ट शक्ति हो श्रमको सम्मान गरौं भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएका ओझाले आफ्नो विभिन्न प्रतिवद्धताहरु अघि सारेका छन् ।
ओझाको उम्मेदवारी किन ?
सबै अट्ने यूनियन निर्माण गर्ने ।
गुमेको अधिकार पुन स्थापीत गर्ने ।
भएका सम्झौता कार्यन्यन गर्ने ।
सबैखाले विभेद रबन्देजको अन्त्य गर्ने ।
नयाँ एजेण्डा पहिचान गर्ने ।
यूनियन प्रतिको आस्था विश्वास जगाउने ।
समान अवसर र सहभागिताको लागि लगायत विभिन्न माग अघि सारेका छन् ।
Comment