काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रभात लामाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
लामाले रसुवा निर्बाचन क्षेत्र ‘ क ‘ को प्रदेशसभा सदस्य लागि उमेदवारी दर्ता गरेका हुन्। लामा गत प्रदेशसभाको निर्वाचनमा पनि अत्याधिक मत प्राप्त गरी विजयी बनेका थिए ।
Comment