लगानी बोर्डको वेबमा आधारित ‘वान स्टप सेवा’ संचालनमा, कागज कहाँ पुग्यो भनेर अनलाइन हेर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगानी बोर्डको कार्यालयले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ सञ्चालनमा ल्याएको छ।

एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‍घाटन गरेपछि नयाँ सेवा सञ्चालनमा ल्याइएको छ।

लगानीकर्ताहरुको सहजताका लागि सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । बोर्डले आयोजना गरेको दिगो लगानी पूर्वाधार सम्मेलनमा यो सेवा उद्घाटन गरिएको हो।

अब, लगानीकर्ताले भिषा सहजीकरण, श्रम स्वीकृती, परियोजनाको लगानी गर्न आशय पत्र पेश गर्ने, वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन पारित, निजी जग्गा अधिकरणमा सहजीकरण, कम्पनी दर्ता, कर कार्यालय जस्ता सेवा अनलाइन माध्यमबाटै पाउने छन् ।

यससँगै लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।