एक सातामा वाणिज्य बैंकहरूमा थपियो ७ अर्ब ५१ करोड निक्षेप, सीडी रेसियो ८८.३६ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ ।

असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।

नेपाल बैंकर्स संघका अनुसार भदौंको अन्तिम सातामा बैंकहरूमा ७ अर्ब ५१ करोड निक्षेप थपिएको छ। बैंकहरूको निक्षेप ४४ खर्ब ४५ अर्ब पुगेको छ ।

जुन अघिल्लो साता ४४ खर्ब ३७ अर्ब रुपैयाँ थियो । बैंकहरुले भदौ १८ गतेदेखि २४ गतेसम्ममा निक्षेपसँगै कर्जा लगानी पनि बढाएका छन् ।

समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी ७ अर्ब रुपैयाँले बढाएर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो सातामा ४१ खर्ब ८१ अर्ब रुपैयाँ थियो ।

यता कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.३६ प्रतिशत रहेको छ । यसअघिको सातामा उक्त रेसियो ८८.२५ प्रतिशत थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।