राजनीतिमा फड्को मार्दै कुमार : नुवाकोट–१ ‘ख’ बाट पहिलो नम्बरमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी मंसिर ४ गते आम निर्वाचनको लागि नेपाली कांग्रेस नुवाकोटले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा पठाएको छ ।  

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको बैठकले क्षेत्रीय समितिबाट सिफारिस भइ आएको उम्मेदवारको नाम बागमती प्रदेशमा पठाउने निर्णय गरेको हो ।

जसमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका कुमार गुरुङ नुवाकोट–१  प्रदेश ‘ख’ बाट  समानुपातिक सूचीको पहिलो नम्बरमा परेका छन् । 

नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’ बाट जनजातीको तर्फबाट पहिलो नम्बरमा परेका हुन् उनी । 

राजनीतिसँगै व्यवसायमा समेत सक्रिय रहेका कुमारको राजनीतिक यात्रा २०५२ सालबाट सुरु हुन्छ । राजनीतिक परिवारमा जन्मिएका कुमार २०५२ सालमा नुवाकोटको साविक लच्याङ गाविसबाट नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको क्षेत्रीय प्रतिनिधि बनेका थिए । त्यसैगरी २०५४ मा इकाई सभापति हुँदै नुवाकोट–काठमाडौं सम्पर्क समितिको उप–सभापति समेत भएका छन् ।  

गत मंसिरमा सम्पन्न कांग्रेसको १४आँै महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका उनी गत स्थानीय निर्वाचनमा सूर्यगढी गाउँपालिका प्रमुखका लागि सशक्त दाबेदार रहेका थिए ।

उनका पिता लक्ष्मण गुरुङ २०५४ मा साबिक लच्याङ गाविसका नेपाली कांग्रेसबाट जननिर्वाचित वडा अध्यक्ष थिए । त्यसैले पनि राजनीति लाई उनले नजिकै बाट बुझ्न पाएका थिए। 

यता उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको शंकरदेवमा भर्ना भएका उनी विस्तारै राजनीतिसँगै व्यवसायमा समेत सक्रिय बन्न थाले। 

दरबारमार्ग व्यवसाय संघको संयोजक रहेका उनी एक सफल व्यवसायी मानिन्छन् । साथै व्यवसाय गर्न चाहने युवाहरुको लागि प्रेरणाको स्रोत समेत हुन् कुमार । उनले राजधानीको मुटु दरबारमार्गमा ‘किङ्स लाउन्ज’ सञ्चालनमा ल्याएका छन् । राजनीति व्यवसाय मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका कुमार विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् । लायन्स क्लब, रोटरी क्लबजस्ता सामाजिक संस्थामार्फत उदीयमान समाजसेवीको छवि बनाउन सफल छन्।

व्यवसाय र समाजसेवामा सफल बनेका कुमार अब राजनीतिमार्फत समाज रुपान्तरणको बाटोमा लाग्ने तयारीमा रहेका छन् । हरेक राजनीतिक गर्नेहरुको आफ्नै पेशा व्यवसाय होस् भन्ने चाहना राख्ने कुमार युवा नेतृत्वले नै मुलुकको कायापलट गर्ने विश्वास राख्द छन् । साथै जोस् भएको युवाहरु हात बाँधेर राजनीतिको फोहोर सफा गर्न मैदानमा आउनुपर्ने सपना देख्छन् । 

उनी भन्छन्, ‘अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।