काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।
दिउँसो देशभर बदली रहनेछ । पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
बुधबार पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Comment