बिहीबार सार्वजनिक बिदा , साझ दीप प्रज्वलन गर्न सरकारकाे अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भोलि बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लकडाउनकै बीच गृह मन्त्रालयले बुद्ध जयन्ती पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृहको सूचनामा भनिएको छ,“बिहीबार बुद्ध जयन्ती ९बैशाख पूर्णिमा(चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।”

त्यस्तै यसअघि बुधबार बसेको मन्त्रिपरिषद बैठकले पनि भोलि साँझ ७ बजे देशभर घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरिसकेको छ।

बुद्ध जयन्तीको अवसर पारेर कोभिड-१९ विरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउन दीप प्रज्वलनका लागि आह्वान गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।