नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

२०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको नागरिकता विधयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएपनि विवाद कायम रहेपछि सरकारले फिर्ता गरेको छ । 

अब सरकारले यस विधयकमा रहेका विवादित विषय हटाएर फेरि प्रतिनिधि सभामा पेश गर्ने बताइएको छ ।  सरकारले नागरिकता विधयकक विषयमा सबै दलसँग सहमतिको प्रयास स्वरूप छलफल पनि गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।