ससुराबुवाको निष्ठावान सिपाहीका रुपमा लागिरहनेछु : सिर्जना सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिएकी छिन्।

काठमाडौंको मेयरमा निर्वाचित भएपछि प्रतिस्पर्धी साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै सिंहले भनेकी छिन्, ‘मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासूआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैव एक निष्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपूर्वक लागिरहने संकल्प पनि यो घडीमा व्यक्त गर्न चाहन्छु।’

उनको स्टाटसः

आभार, सम्मान र बधाई

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति म हृदयदेखि आभार प्रकट गर्दछु विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ। अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु। काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरु, शुभेच्छुकहरू,

सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू,

सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासूआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैव एक निष्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपूर्वक लागिरहने संकल्प पनि यो घडीमा व्यक्त गर्न चाहन्छु। जय नेपाल।

सिर्जना सिंह

नगर प्रमुखको उम्मेदवार

काठमाडौं महानगरपालिका

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।