भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै,कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरतपुर महानगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेकी छिन् ।

भरतपुरमा १ लाख १२ हजार ६७६ गणना हुँदा रेनु दाहालले १० हजार ६५१ मतको अग्रता लिएकी छन् ।

रेनुले ४५ हजार ३८९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन् । यसैगरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ८२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरका लागि कांग्रेसबाट उम्मेदवारी चित्रसेन अधिकारीले ४६ हजार ४७१ मत प्राप्त गरेर आफ्ना अग्रतालाई कायम राखेका छन् भने उनकी प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरूङले २७ हजार ४०४ मत प्राप्त गरेकी छिन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।