नेपाली कृषकको उत्पादन बजारमा आउन थालेपछि तरकारी सिजनकै सबैभन्दा सस्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा उपत्यकामा तरकारी सस्तिएको छ ।स्वदेशी उत्पादन बजारमा आउन थालेपछि तरकारीको भाउ सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दाबी छ ।

नेपाली उत्पादन बजारमा आउन थालेसँगै गत साताको तुलनामा तरकारीको थोक मूल्य केही दिनयताकै न्यून विन्दुमा झरेको छ ।

बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।

कालीमाटी तरकारी बजारमा शुक्रबारको लागि प्रतिकेजी थोक मूल्य गोलभेंडा सानो २५, ठूलो टनेल ३० रुपैयाँ, आलु ३३ रुपैयाँ, प्याज ३० रुपैयाँ, गाँजर ३० रुपैयाँ, काउली ज्यापु ३५, ३० रुपैयाँ रहेको छ ।

त्यस्तै मुला १५ रुपैयाँ, भान्टा ३० रुपैयाँ, तितेकरेला ६० रुपैयाँ, लौका २५ रुपैयाँ, घिरौला ४० रुपैयाँ रहेको छ ।

कोरोना भाइरस महामारीको कारण कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भीडभाड कम गर्न खुद्रा व्यापार बन्द गरी बिहानको समयमा थोक व्यापार गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।