भारतमा कोरोना संक्रमितको संख्या ३४ हजार भन्दा माथी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ । बिहीबार एकैदिन १८ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ७५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ११ सय ५४ पुगेको छ।

भारतमा हालसम्म संक्रमितमध्ये ९ हजार ६८ जना निको भइ घर फर्किएका छन् भने ६ सय ५१ जना गम्भीर रहेको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।