रौतहटमा विद्यालयका प्रधानाध्यापक ३ लाख घुससहित रँगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक  र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटेको अख्तियारको टोलीले दुवै जनालाई घुस लिँदालिँदै रँगेहात पक्राउ गरेको हो 

रौतहटको ईशनाथ नगरपालिका स्थित रहेको वडा नम्बर ७ जोकहा–घिउरास्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयको हेडमास्टर राकेश ठाकुर र सहयोगी झाले शिक्षक करार सेवा अवधी नियुक्ती वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो ।

रौतहटको सरुठा चोकस्थितबाट दुवै जनालाई रँगेहात पक्राउ गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

अहिले प्रारम्भिक मुचुल्का उठाउने कार्य भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । मुचुल्का उठाएपछि दुवै जनालाई आजै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लग्ने तयारी गरिएको  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।