कम्मरमा सुन लुकाएर साउदीबाट आएका रसुवाका तीन युवा विमानस्थलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरेबियाबाट आएका तीन जना नेपाली सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा गणले शनिबार एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका रसुवा नौकुण्ड-१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड-६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित नियन्त्रणमा लिएको हो।

शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई जाँच गर्दा सुनको सिक्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमास्थल सुरक्षा गणले जनाएको छ।

तीनै जनाको जिन्स पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई राखिएको दुई/दुई थान सुनको सिक्री फेला परेको थियो।

तीनै जनासँग फेला परेको ६ थान सुनको तौल समान ९९.९६/९९.९६ ग्राम रहेको छ। ९९.९६ ग्राम सुनको मूल्य ८ लाख ५३ हजार २०८ रुपैयाँ हुन आउँछ। तीनै जनाको जोड्दा मूल्य २५ लाखभन्दा बढी हुन्छ।

बरामद सुनको सिक्रीसहित उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।