कैलालीमा १६ महिने बालिका बलात्कारको आरोपमा युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरेपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो। 

पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएका थिए। उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।