नेपालको अर्थतन्त्र ३७ खर्ब ६७ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र बढेर ३७ खर्ब ६७ अर्बको बनेको छ ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामा नेपाल कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) बढेर पौन ३८ अर्ब पुगेको हो  ।

विभागलेृ चालु आवको साथै गएको आवको संशोधित अनुमान पनि सार्वजनिक गरेको छ । गएको आवमा नेपालको अर्थतन्त्र गएको आवमा नेपालको अर्थतन्त्र ३४ खर्ब ५८ अर्ब रहेको संशोधित तथ्यांक रहेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रको योगादन २८.२० प्रतिशत रह्ने प्रारम्भिक अनुमान गरिएको छ भने द्वितीय क्षेत्र निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानीको योगदान १३.७२ प्रतिशत रहेको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

त्यस्तै तृतीय तथा सेवा क्षेत्रको योगदान  ५८.०८ प्रतिशत रहेको छ । यस अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटेल तथा रेष्टुराँ, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता र रियल स्टेटलगायतका उपक्षेत्रहरू पर्दछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।