संखुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । 

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी-५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी-५ का ५५ वर्षीय श्याम शेर्पा, मादी-४ का आइतबहादुर तामाङ, मादी-२ का  ४२ वर्षीय ईन्द्र अधिकारी,  मादी-४ का ६० वर्षीय बलबहादुर कार्की,  २८ वर्षीया सबिता कार्की, मादी-५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका  प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस  दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।