काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो। सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।
सुवेदी साढे ३ वर्षदेखि कामु उपमहाप्रबन्धकको जिम्मेवारीमा थिए। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए।

Comment