राप्रपा प्रचार विभाग प्रमुखको जिम्मेवारी श्रेष्ठलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभिन्न विभागको प्रमुख मनोनय गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीका प्रवक्तासमेत रहेका मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुखकाे जिम्मेवारी दिएका छन् ।

त्यस्तै महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी अध्यक्ष लिङ्देनले प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय विभाग प्रमुख, अर्का प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुख, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग प्रमुख, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।