बिहीबार राष्ट्र उत्थान लघुवित्तको आईपिओ बाँडफाँट हुने,२५ लाख बढीको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आइपिओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ।   

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपिओ बिहीबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको हो।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। लघुवित्तको आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।