नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, परिसुचक २७३५ अंक पुग्दा ३ अर्ब २१ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २५ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । पछिल्ला दुई दिनमा नेप्से ४२ अंकले बढेको छ ।

सूचकसँगै आज करोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २२ करोडले बढेर झन्डै सवा ३ अर्ब पुगेको छ ।

मंगलबार नेप्से १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक पनि १ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने युनाइटेड इदी मार्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सामलिङ पावर ८.५२, तेह्रथुा पावर ६.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.०४, वरुण हाइड्रोपावर ५.४३, घलेम्दी हाइड्रोपावर ५.१५, आइसीएफसी फाइनान्स ४.८४, न्यादी हाइड्रोपावर ४.७०, एभरेष्ट बैंक, बुद्धभूमि नेपाल, गोर्खा फाइनान्स, शिखर इन्स्ष्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र मध्यभोटेकोशीको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

बढ्दोे बजारमा आज सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।