परिसंघको अध्ययन भन्छ-तरलता आउनुमा बैंकहरूकै भूमिका !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकुचन आउनुमा बैंकहरूको ठूलो भूमिका रहेको निष्कर्ष निकालेको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडीबाट सीडी अनुपातको ९० प्रतिशतको सीमा तोकी लागू गर्दा बैंकहरुलाई अनुपालनाका लागि ग्रेस पिरियडको समय नै नदिएकाले तरलता समस्या बढेको बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययन प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

‘४ गुणाले पुँजी बृद्घि गर्नका लागि मात्र २ बर्षको समय दिइयो । बैंकिङ् तथ्यांक अनुसार सीसीडीबाट सीडी अनुपात लागू गर्दा खासै फरक पर्ने देखिदैन्थ्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, कुनै बैंकको तोकिएको ९० प्रतिशत भन्दा बढी पनि हुन गयो ।’

उक्त निर्देशन अनुपालना गर्नका लागि बैंकहरुले निक्षेप तानातान गर्न थाले । यसले बैंकिङ् क्षेत्रमा तरलता समस्या आकासिएको प्रतिवेदनमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।