खुकुरी प्रहार गरी दुई जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ।

माथिल्लो चिम्लिङका विजय तामाङले स्थानीय बासिन्दा ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा सेवन गरेका विजयले खुकुरी प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। हत्या गर्ने विजयलाई पक्राउ गरिएको उनले बताए।

घटनास्थलमा प्रहरी टोली खटिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।