भिभो मोवाइलले ल्यायो ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अग्रणी प्रविधि ब्राण्ड भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ।

भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा शुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेर आफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न सबै सामाजिक सञ्जालमार्फत् प्रेरित गरिरहेको छ।

यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ।

भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमील व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि हो। यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ।

सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट ५ विजेताहरु चयन गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।