विमानस्थलको गेटबाट अपहरण गरी फिरौती रकम माग्ने चारजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट एकजनालाई अपरहण गरी फिरौती माग गर्ने चारजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३८ वर्षीय एल्लि गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका–४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशिल उप्रेती रहेका छन् ।

उनीहरुले एल्लि गुरुङलाई ग १ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि उक्त रकम फिरौती मागेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्लि गुरुङलाई उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।