काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–२, मूलडाँडाका एक युवाले आफैँलाई भरुवा बन्दुक हानेर आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक खतिवडाले स्थानीय ३५ वर्षीय रामबहादुर गोलेले मङ्गलबार राति आफैँले आफूलाई बन्दुक हानेर आत्महत्या गरेको जानकारी दिए ।
गोलेले आफ्नै घर नजिकैको एउटा रुखको फेदमा गई भरुवा बन्दुकले छाती र घाँटीकोबीच भागमा गोली हानी आत्महत्या गरेको उनले बताए । एक÷दुई दिन अघिदेखि रामबहादुर र श्रीमतीबीच वादविवाद भएको प्रहरीले जनाएको छ।
Comment