कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा । तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई  दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

 ६ हजार रुपैयाँमा खरीद गरेको  थर्मोमिटरलाई  १० हजार रुपैयाँ सम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिएको हो ।

लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए । 

उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरीद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो । 

संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई  दुई लाख रुपैयाँ र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ ।– रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।