काठमाडौं । गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनीहरूको सरुवा गरेका हुन् ।
पुस महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई सरुवा गरिएको छ । यसअघि झापामा एसपी सानुराम भट्टराई थिए । श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा गरिएको छ ।
Comment