१० जना डिआइजीको पदस्थापन, कसले कुन ठाउको जिम्मेवारी पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दरबन्दी कटौति पछि बढुवामा परेका नेपाल प्रहरीका १० जना डिआईजीले आइतबारबाट जिम्मेवारी पाएका छ ।

गृहमन्त्रालयले दर्ज्यानी चिन्ह लगाएका १० डीआईजीको पदस्थापन गरेको छ । पदस्थापन गरिएका डीआइजीहरुमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेशमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रसिंह धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदी छन् । 

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, एकेडेमीमा प्रकाशजंग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अरुण बीसीलाई पदस्थापन गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।