मोबाइलमा पैसा सकिएकाको लागि टेलिकमको निःशुल्क सेवा, कसरी लिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।  

लकडाउनको समयमा ब्यालेन्स न्यून भएका नेपाल टेलिकमका ग्राहकले फोनमा निःशुल्क भ्वाइस कल, एसएमएस र डाटा प्रयोग गर्न पाउने व्यवस्था टेलिकमले गरेको हो ।  

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमको यो सेवा प्रयोग गर्न पाउने छन् ।

ब्यालेन्स शून्य भएको र पटक(पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । 

कसरी लिने निःशुल्क सेवा  ?

सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध हुने छ । नेपाल टेलिकमले प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने छ । 

सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने छ । प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश आउने छ । 

प्याकेजको अवधि ७ दिनको हुने छ । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।