२४ घण्टामा नयाँ संक्रमित देखिएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालभर हालसम्म ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड१९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले उक्त जानाकारी दिएका हुन् ।

परिक्षणबाट हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। जसमध्य ४ जना निको भइसकेका छन्। बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ।उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ।

हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।