स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले स्रोत नखुलेको  ६९ लाख ५० हजार रुपैयाँ रकमसहित एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।  

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १०० वटा भएको ४९ बण्डल, ५०० रुपैयाँ दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।