नेपाल प्रहरीमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दारको पद सिर्जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नयाँ पद थप्नेलगायतका प्रावधानसहित नेपाल प्रहरीको नियमावली संशोधन भएको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनको निर्णय गरेको हो । नियमावली स्वीकृत भएसँगै अब नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुने भएको छ ।

प्रहरी ९ औं संशोधन नियमावली २०७८  लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उक्त पद थप भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उक्त संशोधन प्रस्ताव मन्त्रीपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेका थिए।

मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। तल्लो दर्जामा काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन नयाँ पद सिर्जना गरिएको गृह मन्त्रालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।