चीनले १४ गाउँपालिकालाई दिन लागेको स्काभेटर यस वर्ष नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को असरको कारण चीनले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रोक्का भएको छ।

नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो।

कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष स्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले २०७७ वैशाख ३ गते परराष्ट्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र पठाउँदै यस विषयमा जानकारी गराएको हो। 

चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ, संखुवासभाको सभापोखरी, दोलखाको बिगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाइकुण्ड,धादिङको रुविभ्यालीलाई स्काभेटर सहयोग दिने घोषणा गरेको थियो ।  

त्यस्तै गोरखाको चुमनव्री, मनाङको नार्पाभूमि, मुस्ताङको लोमन्थाङ, बझाङको तालकोट, डोल्पाको से फोक्सुण्डो, मुगुको मुगुम कार्मारोङ, हुम्लो नाम्खा, दार्चुलाको मार्मा गाउँपालिकालाई एकरएक वटाका दरले स्काभेटर सहयोग गर्ने भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।