काठमाडौंबाट दुर्लभ सुन कछुवासहित चार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिका–१३, सोल्टीदोबाटोबाट सुन कछुवासहित चार जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले जिउँदो सुन कछुवासहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका ४४ वर्षीय सञ्जय तामाङ, बालाजुकै २२ वर्षीय प्रकाश खाती, दोलखा गौरीशंकर गाउँपालिका–८ घर भई बूढानीलकण्ठ बस्ने ३३ वर्षीय राजकुमार तामाङ र तनहुँ भानु नगरपालिका–३ घर भई रानीबारी बस्ने ४२ वर्षीय हरि परियार रहेका छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेका अनुसार जिउँदो सुन कछुवा अन्दाजी २.२७५ केजी रहेको छ। 

सुन कछुवाको बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। सुन कछुवाको बिक्री गर्न लागेको सूचना प्राप्त भएपश्चात प्रहरी आफै ग्राहक बनेर किन्न पुगेको थियो।

पक्राउ गर्नुअघि उनीहरुले सुन कछुवा ८० लाखमा बिक्री गर्ने सहमति गरेका थिए। लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले कछुवासहित पाँच वटा मोबाइल, ३६ हजार ६०५ रुपैयाँ समेत नगद बरामद परेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।