काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न गरिएको लक डाउनका कारण प्रभावित असाहय ,श्रमजिवी वर्ग ,पिडित विधार्थिहरुलाइ नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष भानुराम थारुले कोठा कोठामै गएर राहत बितरण गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट विश्व नै ग्रसित हुदा नेपाल जस्तो देशमा सरकारले उत्तम उद्दार साथै राहत वितरण गर्न नसकेको बताउदै उनले सवै निम्न वर्ग ,मध्यम वर्ग अनि विधार्थिहरुमा खाना र राशन पानीको संकटमा परिरहेको बताएका छन ।
माहामारिको चपेटालाई ध्यानमा राखी उनले किर्तिपुर, कलंकि ,पाटन ,अनामनगर लगायत आसपासका श्रेत्रमा गरि ३ दिनमा २५० जनालाई उनले राहत बाडी सकेका छन् ।
राहत बाड्ने क्रमममा भेटिएका थारुले ‘यो बेला पब्लिसिटी गर्ने बेला होइन ,सहयोग गर्ने हो सबैजना भएर यो महामारीको बेला एक अर्कालाई सहयोग गर्नुपर्ने बताए ।
उनले भने दैनिक विभिन्न मिडियामा आमनागरिकका पीडा देखिन्छ ,यो साह्रै दुखद छ , तर हामिलाइ को पिडित छन् ? स्पश्ट थाहा हुन्न ,त्यसकारण उहाँहरु हाम्रो सम्पर्कमा आउनुपर्यो ,मिडियाकर्मी साथिहरुले हामिलाइ सम्पर्क गराइदिनु पर्यो । सवै मिलेर बाडेर खानुपर्छ ,कोहि भोकै हुनुहुदैन । सरकारले नलायक गतिविधी गर्नु हुदैन ‘ ।
यसैगरी अब अझ नेता थारु लगायतको गठबन्धन राजनैतिक पार्टिले राहत कोष खडा गर्दै गरेको र केही दिन मै बृहत् राहत वितरण गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।
Comment