आइसोलेशनमा राखिएका एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ ।  

मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । डा. किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृतकको स्वाव परीक्षण र शव कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताए । बाँकेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आइसोलेसन कोरोना आशंकितलाई राखिएको छ । अहिलेसम्म भेरीले २३, मेडिकल कलेज नेपालगञ्जले २१ र कोहलपुर १३ वटा स्वाव पठाएकोमा नेगेटिभ आइसकेको छ ।

यी अस्पतालबाट थप १५ वटा स्वाव पठाइएको छ । त्यसमध्येमा ६ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकेको नतिजा आइसकेको छैन । बाँकेमा अहिलेसम्म कोरोना पोजिटिभ भेटिएको छैन ।

जिल्लामा ३ सय ९९ जनाको आरडीटी जाँच भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।