डलरको भाउ अहिलेसम्मकै उच्च, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज बिहीबार अमेरिकी डलर नेपालकै इतिहासमा उच्च विनिमय दर कायम गर्न सफल भएको छ।

अमेरिकी डलर अहिलेसम्मकै महँगो कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ०१ पैसा छ ।

यसअघि गत बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

कोरोना भाइरसको संक्रमण बढेसंगै अर्थबजारमा अस्थिरता सिर्जना भएको कारण अमेरिकी डलरको भाउ बढेको विज्ञहरुले बताएका छन् ।

डलरको भाउ अझै बढ्ने अनु्मान गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।