तीनजना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड सहित सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन जनालाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवर असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन।

डिएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले शनिवार नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

पुरस्कार प्राप्त गर्ने अन्यमा सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बिक रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।