डब्लूएचओप्रति रुष्ट बन्दै अमेरिकी रास्ट्रपति ट्रम्प , आर्थिक सहयोग रोक्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् ।

कोरोनाभाइरस फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएकोू उनको आरोप छ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले हरेक वर्ष डब्लूएचओलाई ४० देखि ५० करोड डलर आर्थिक सहयोग गर्दै आएको बताएका छन् ।

तर चीनले करिब ४ करोड जति मात्र योगदान गर्दै आएको बताए। डब्लूएचओलाई राष्ट्रपति ट्रम्पले चीनमा कोरोना संक्रमण देखिएपछि त्यसलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गर्न खोजेको आरोप समेत लाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।