कोरोना स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक , बिना खोप कोरोना रोक्न कठिन – विश्व स्वास्थ्य संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकै त्रास फैलाइरहेको कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको तथ्य सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनास्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको तथ्य सार्वजनिक गरेको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।

डा.टेड्रोसले बिना खोप कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने स्पष्ट पारे ।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले २००९ मा फैलिएको स्वाइन फ्लुको तुलनामा कोरोना भाइरस १० गुणा बढी घातक रहेको बताए ।

उनले भने, ‘हामीलाई कोभिड–१९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ मा फैलिएको स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वमै फैलिरहेको छ। यसबाट हालसम्म १९ लाख बढी संक्रमित रहेका छन् भने १ लाख १९ हजार बढीको मृत्यु भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।